
काठमाडौं । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाको मुख्य कारण चालक दलको कमजोरी (त्रुटि) भएको पत्ता लागेको छ ।
सो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जहाज दुर्घटना पछि गठन भएको दुर्घटना जाँच आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
प्र्तिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द गरिएको थियो । सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् ।
आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार टिएडब्लुएस प्रणाली बन्द नगरी जहाज उडाएको भए दुर्घटना हुनु २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी आउने थियो । जसले गर्दा दुर्घटना टर्न सक्थ्यो ।
जहाजमा राखिएका प्रणालीलाई सही तरिकाबाट उपयोग गर्न नसक्दा जहाज सिधै पहाडमा ठोक्किन पुगेको दुर्घटनाका कारणमा उल्लेख गरिएको छ ।
सो जहाजले उडान भर्दा मौसम खराब भएका कारण पाइलटको आँखाले अगाडिको अवस्था देख्न सकेका थिए । यस्तो अवस्थामा ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम ९टीएडब्लूएस०ले नै चालक दलका सदस्यलाई भूगोलका कारण जहाजमा हुन सक्ने जोखिमबारे चेतावनी दिन सक्थ्यो ।
सरकारले सो जहाज दुर्घटना भएको भोलीपल्ट नै दुर्घटना जाँच आयोग गठन गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगमा क्याप्टेन दीपु ज्चार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य थिए । सदस्य सचिवमा बुद्धिसागर लामिछाने तोकिएका थिए ।
दुर्घटना हुनुको मुख्य कारणहरु
पाइलट प्रभाकर घिमिरेले उडाएको सो जहाजको को–पाईलट उत्वस पोखरेल थिए । घिमिरे सो कम्पनीको सेफ्टी डाइरेक्टर समेत थिए । एयरहोस्टेस किस्मी थापा थिइन्। आयोगका अनुसार सो समयमा मौसम खराबी भएका कारण मौसम समेत दुर्घटनाको सहायक कारण बनेको छ ।
त्यस्तै सो रुटमा को–पाइलट कम अनुभवी थिए । अर्कोतर्फ पाइलट र को–पाइलटका अनुभवका बीच ठूलो अन्तर रहेको पाइएको छ । पाइलट प्रभाकर घिमिरेको जिम्मेवारी दोहोरो थियो । उनी व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेका कारण मानसिक थकान समेत कारण हुन सक्ने आयोगको निष्कर्ष छ ।
साना जहाजहरु उड्दा आँखाले देख्न आवश्यक दूरी कायम गरेर मात्र बादल भित्र छिर्न पाउँछन्। नभए जहाज फिर्ता आउनु पर्छ । यो जहाजले उक्त नियमलाई समेत बेवास्ता गरी उडेको पाइएको छ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारेको बताइएको छ । यो प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन लगायत सम्बन्धी मुलुक र निकायमा रिभ्यूका लागि पठाइन्छ । त्यसपछि भने सबैले पढ्न पाउने गरी सार्वजनिक गर्ने प्रचलन रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...