
काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच शुक्रबार पार्टी एकता भएको छ।
काठमाडौंको घट्टेकुलोमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताको घोषणा भएको हो। पार्टी एकता घोषणा सभामा बोल्दै वैद्यले छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एकता प्रक्रियामा आउनुपर्ने बताए। ‘यो पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोध र विकल्प हो,’ उनले भने।
कार्यक्रममा बोल्दै बास्तोलाले अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि एकतामा आउन आग्रह गरेका थिए। उनीहरूले नेकपा मसाल पनि छिट्टै एकता प्रक्रियामा आउने बताएका थिए।
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...