नयाँ वानेश्वरमा शुक्रबार फेरि एक व्यक्तिले गरे आत्मदाहको प्रयास – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नयाँ वानेश्वरमा शुक्रबार फेरि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेशन नजिक एक व्यक्तिले शुक्रबार अपरान्ह आत्मदाह प्रयास गरेका छन्।

आत्मदाहको प्रयास गर्ने ती व्यक्तिलाई तत्कालै प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। सुरक्षित उद्धार गरिएका उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न बाँकी छ । उनको परिचयबारे एसएसपी कार्कीले केही खुलाउन चाहेनन्। प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्मदाहको प्रयास गरेको देखिएको बताइएको छ।

यसअघि माघ १० गते मंगलबार संसद भवनअघि प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७९ चैत्र २४, १८: ०२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७९ चैत्र २४, १८: ०२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७९ चैत्र २४, १८: ०२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...