राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन्। नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

खोटाङको खार्पामा जन्मिएका पोखरेल तीन दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारितामा संलग्न थिए। लामो समय हिमालय टाईम्स दैनिक र केही वर्ष अन्नपूर्ण पोष्ट दैनिकमा काम गरेका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन्।

सुनसरीको इनरुवा स्थायी वसोबास भएका पोखरेल हाल वानेश्वरमा बस्दै आएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको सचिवालयमा प्रेस हेर्ने गरी खिला कार्कीलाई नियुक्त गरिसकेका छन्।

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा यसअघि नै कांग्रेसका पूर्वसहमहामन्त्री सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा पूर्वप्रदेश प्रमुख बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन्।

 

 

सम्बन्धित समाचार

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७९ चैत्र २६, १४: ३३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७९ चैत्र २६, १४: ३३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७९ चैत्र २६, १४: ३३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...