नेपाल र चीनबीच २० बुँदे सम्झौता – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

नेपाल र चीनबीच २० बुँदे सम्झौता

काठमाडौं । हालै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्पन्न भएको छ । उक्त भ्रमणको क्रममा चीनका राष्ट्रपति सी जिनपिङले नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा ‘यदी चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोसिस गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ ।’

उक्त खबर चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले सोही दिन प्रकाशित गरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सोमबारसम्म चर्चा चलिहरेको छ । सिन्ह्वाका अनुसार सी जिनपिङले अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएका थिए ।

शी जिनपिंगको नेपाल भ्रमणले चीन र नेपालबीचको मित्रतालाई अझ गाढा बनाएको छ । भ्रमणका क्रममा दुवै देशबीच कयौँ दुई पक्षीय सम्झौताहरु भएका छन् । नेपालले पनि वन चाइना पोलिसीमा प्रतिबद्धता जनाएको छ ।

सी जिनपिंगलाई बिदाई गरेपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको ट्वीटरमा उल्लेख गरेका थिए । नेपालले चीनको महत्वकांक्षी परियोजना वन बेल्ट वन रोडको पनि समर्थन गरेको छ । सीको भ्रमणका क्रममा चीन र नेपालबीच २० सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७६ आश्विन २७, १०: ३५

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७६ आश्विन २७, १०: ३५

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७६ आश्विन २७, १०: ३५

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...