
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आत्महत्याको प्रयास गरेपछि बचाउन गएकी आमा समेत घाइते भएकी छन्। आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहका अनसार राति साढे ८ बजे किशोरीले शरीरमा आगो लगाएकी सकुन्तलालाई बचाउन गएकी आमा राधाकुमारी राई तामाङ समेत घाईते भएकी हुन्।
आगोले सकुन्तलाको शरीरको विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।सकुन्तलाले आत्मदाहको प्रयास गर्नुको कारण खुल्न सकेको छैन । यससम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...