
काठमाडौं । नेकपा एकीकृत समाजबादीका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले आठ सय ७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पुर्याइदिन्छु भनी ठगी गर्ने गिरोहमा संलग्न दोषीलाई कारबाहीको लागि माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाण्डेले यस्तो ठगी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनका तत्कालिन सुरक्षा सल्लाहकार इन्द्रजीत राई र पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायामाझी र उनका छोरा संञ्जिवको को समेत नाम पत्रपत्रिकामा आएको हुनाले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
सांसद पाण्डेले अमेरिका पठाई दिने आश्वासन दिएर बैंक खातामा पैशा जम्मा गर्न दिएको चेकको प्रति नै सार्वजनिक भइसकेकोले घटनाको छानबिन गरी दोषीलाई कडाभन्खददा कडा कारबाही गर्न माग गरे।
एक अर्को प्रसंगमा सांसद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिकाका मेयर गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उनले आरोप लगाए । उनले स्थानीय सरकार गैरजिम्मेवार बन्यो भन्दैमा संघीय सरकार पनि गैरजिम्मेवार बन्न नहुने सुझाव दिए।
काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको जनाउँदै पाण्डेले उनले संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति मेयर शाहले दिएको जिकिर गरे।
काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले तर, ४२ किलोमिटर टाढा बनेपादेखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनतामाथि अन्याय गरेको आरोप लगाए । यसर्थ संघीय सरकार गैरजिम्मेवार नबनोस् उनको माग छ ।
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...