
चितवन । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि आजदेखि केबलकार सञ्चालनमा आएको छ। शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो।
केबलकारको तल्लो स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी एक सय वर्षीया सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल पहिलो यात्रुका रुपमा केबलकारमा यात्रा गरेर केबलकार शुभारम्भ गरिएको हो।
उदघाटनको अवसर पारेर केबलकारले दुईतर्फी आउन र जान पाँच सय ५० रुपैयाँ मुल्य तोकिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि तीन सय ३०, विद्यार्थी र जेष्ठ नागरिकका लागि चार सय १५ र फरक क्षमता भएकाहरु (अपाङ्ग) का लागि दुई सय ७५ रुपैयाँ टिकट दर तोकेको छ।
केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ। केबलकारको टिकट मोबाइल एप्लीकेशनमा आईएमई पे डाउनलोड गरेर समेत काट्न सकिने छ।
झण्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केबलकारको औपचारिक उदघाटन मध्य वैशाखसम्म गर्ने तयारी रहेको छ। एक हजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ
। १२ वटा यात्रु बोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ।
केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता मौलाकालिका केबलकार प्रा.लि.(आईएमई समूह) र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको कम्पनीको भनाइ छ। केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीले जनाएको छ।
केबलकारको माथिल्लो स्टेशनमा ६० कोठासहितको सुविधा सम्पन्न होटल बन्दैछ। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालकाअनुसार होटल सञ्चालन गर्न अझै ५ महिना लाग्नेछ। होटलको टपमा हेलिप्याड रहने छ। ४५ सय जना अट्ने सभाहल, स्वीमिङ्ग पुलसहितको व्यवस्था हुने ढकालले जानकारी दिए।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...