
काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा संस्थापनइत्त प्यानलबाट उम्मेदवार बनेका सोमनाथ गिरी निर्वाचित भएका छन्।
संघको नवौं अधिबेसनबाट गिरीले पार्टी संस्थापन पक्षबाट उम्मेदवार बनेका प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गरेका हुन्। पार्टीको शेखर–गगन समूहबाट उम्मेदवार बनेका गिरीले संस्थापन पक्षका बानियाँलाई ७ मतको अन्तरले पराजित गराएका हुन्।
खसेको जम्मा ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिष्पर्धी बानियाँले २९८ मत मात्र ल्याएका थिए। नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालेका छन्।
पदाधिकारीमा महिला उपाध्यक्ष र महासचिव बाहेकका पद संस्थापनइतर पक्षका उम्मेदवार निर्वाचित भएका छन्। संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्र बहादुर रावल निर्वाचित भएका छन्।
बुधबार र बिहिबार भएको अधिवेशनको मत परिणाम शुक्रबार विहान सार्वजनिक भएको हो।
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...