लखनउ । भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको शनिबार गोली हानेर हत्या गरिएको छ।
प्रहरी हिरासतमा रहेका उनीहरुको उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली प्रहार गरिएको थियो।
भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडिबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ। अतिक अहमदको छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो।
अतीक र अशरफको हत्या कसरी भयो भन्ने प्रहरीले अझै स्पष्ट खुलाएको छैन। यद्यपी गाडीबाट उत्रिएर संचारमाध्यमसँग कुरा गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको देखिएको छ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...