काठमाडौं विश्वका एक सय शहरमध्ये सबैभन्दा बढी प्रदुषित शहर – Naya Bikalpa
June 1, 2023, Thursday

काठमाडौं विश्वका एक सय शहरमध्ये सबैभन्दा बढी प्रदुषित शहर

काठमाडौं । विश्वका एक सय ठूला शहरमध्ये काठमाडौं वायु प्रदुषण हुने पहिलो शहरको अवस्थामा पुगेको छ।

शनिबारदेखि विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअर (एयर क्वालिटी)काअनुसार बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको हो।

बिहीबार १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषण अहिले १९४ एक्यूआईमा पुगेको छ। आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ। वायुप्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोका बिरामीमा पर्ने चिकित्सकहरुले बताएका छन्।

वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को मापदण्डमा जाँचिन्छ । पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ । अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च रहेको छ।

विज्ञहरुका अनुसार बाहिर हावाबाट आएको श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको बिकारको पदार्थ कार्बन डाइअक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ। पीएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् ।

यी ग्यासहरू श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंग हुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले रक्तचाप बढाउँछ। त्यसैल प्रदुषणले उच्चरक्तचाप भएका मान्छेमा हृदयघात र स्ट्रोकको सम्भावना १० गुणासम्म बढेर जान्छ। वातवरण विभागले वायु प्रदूषणको नकारात्मक असरबाट जोगिन सार्वजनिक अपील नै गरेको छ ।

विश्वकै प्रदूषित १० शहर यस्ता छन्ः

 

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०८० बैशाख ३, १४: ३९

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
  • २०८० बैशाख ३, १४: ३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
  • २०८० बैशाख ३, १४: ३९

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...