पूर्वगृहमन्त्री खाँण र स्वकिय सचिव केसी नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

पूर्वगृहमन्त्री खाँण र स्वकिय सचिव केसी नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण आज पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान उनकै निवास मैजुवहालबाट पक्राउ गरेको हो।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई भने उनको निवास जडिबुटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पूर्वगृहमन्त्री खाँण र उनका स्वकिय सचिव केसीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ। उनीहरूलाई यसअघि अपराध महाशाखा बानेश्वर लगिएको थियो।

प्रहरीले दुई दिनअघि खाँणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जीत राई, एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतका पक्राउ परिसकेका छन्।

सांसद टोपबहादुर रायामाझीलाई भने प्रहरीले अझै फेला पारेको छैन्। प्रहरीले देशभरका सबै युनिटलाई फरार रायामाझीको खोजि गर्न यसअघि नै पत्राचार गरिसकेको छ।

पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता खाँणले २०७८ साल असोज १४ गतेको सचिवस्तरिय निर्णयबाट गठितलाई गृहमन्त्रीको हैसियतले २०७९ साल जेठ २७ गते निर्णय गर्दै भदौ मसान्तसम्म सो समितिको म्याद थपेका थिए ।

भुटानी शरणार्थीको प्रमाणीकरण छुट सन्दर्भमा गठित समितिले प्रतिबेदन बुझाई सकेको अवस्थामा तत्कालिन गृह मन्त्रालयका सहसचिव वालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिलाई ठोस राय सुझाव दिने जिम्मेवारी सुम्पने निर्णय गरी खाँणले जिल्ला प्रशासन कार्यालय झापा र मोरङ्लाई पत्राचार समेत गर्न लगाएका थिए।

नेपाली कांग्रेसका प्रभावशाली नेता, कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका खाँणलाई अकुत सम्पति आर्जन गरेको आरोप समेत लाग्ने गरेको छ।

उनकी श्रीमती तथा सांसद मञ्जु खाँणमाथि शरणार्थी ठगी प्रकरणमा प्रहरीले पुर्पपक्षका लागि थुनामा राखिएकाहरुले ६ करोड बढी रकम बुझाएको अडियो रेकर्ड सार्वजनिक भइसकेको छ ।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० बैशाख २७, १२: ०७

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० बैशाख २७, १२: ०७

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० बैशाख २७, १२: ०७

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...