उम्मेदवारलाई प्रहरीले नै अपहरण गरेपछि … – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

उम्मेदवारलाई प्रहरीले नै अपहरण गरेपछि …

काठमाडौं । आगामी १४ मंसिरमा हुन गइरहेको उपनिर्वाचनको क्रममा प्रहरीले सरकारको इसारामा उम्मेदवारलाई नै अपहरण ग रेको छ । बागलुङ निर्वाचन क्षेत्र नं २ को ‘ख’ मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका तत्कालिन माओवादीका जिल्ला सल्लाहकार कमिटिका शेरमान घर्तीलाई आइतबार प्रहरीले बागलुङको बुर्तीवाङबाट अपहरण गरेको हो ।

प्रदेश सभा निर्वाचनमा सत्तारुढ नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खीमविक्रम शाहीलाई समर्थन गरेपछि असन्तुष्ट बनेका नेकपाका नेता घर्ती स्वतन्त्र उम्मेदवार बनेका थिए । कात्तिक २१ गते प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका घर्तीलाई आइतबार विहान इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरीले पक्राउ गरेका हुन् । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने दिन आइतबार १ बजेसम्म निर्धारण गरेको थियो ।

प्रहरीले स्वतन्त्र उम्मेदवार घर्तीलाई माथिको आदेश भन्दै नियन्त्रणमा लिन खोजेपछि उम्मेदवार र उनका समर्थकसँग प्रहरीको बादबिबाद भएको थियो । बादविबादका बाबजुत प्रहरीले घर्तीलाई नियन्त्रणमा लिएर ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको घरमा लगेका थिए ।

उनको होटल दरबारमा ल्याइएको हेलिकोप्टरमार्फत उनलाई बागुलुङ लगिएको थियो । घर्तीको उम्मेदवारका समर्थक भएका तुलसी अर्याललाई भने प्रहरीले स्वतन्त्र उम्मेदवार अर्याललाई अपहरण गर्न खोजेको आरोप लगाई बेपत्ता बनाएको छ । सो क्षेत्रबाट कांग्रेसका जीत शेरचनले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ कार्तिक २५, ०७: २४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ कार्तिक २५, ०७: २४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ कार्तिक २५, ०७: २४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...