
काठमाडौं । आगामी १४ मंसिरमा हुन गइरहेको उपनिर्वाचनको क्रममा प्रहरीले सरकारको इसारामा उम्मेदवारलाई नै अपहरण ग रेको छ । बागलुङ निर्वाचन क्षेत्र नं २ को ‘ख’ मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका तत्कालिन माओवादीका जिल्ला सल्लाहकार कमिटिका शेरमान घर्तीलाई आइतबार प्रहरीले बागलुङको बुर्तीवाङबाट अपहरण गरेको हो ।
प्रदेश सभा निर्वाचनमा सत्तारुढ नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खीमविक्रम शाहीलाई समर्थन गरेपछि असन्तुष्ट बनेका नेकपाका नेता घर्ती स्वतन्त्र उम्मेदवार बनेका थिए । कात्तिक २१ गते प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका घर्तीलाई आइतबार विहान इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरीले पक्राउ गरेका हुन् । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने दिन आइतबार १ बजेसम्म निर्धारण गरेको थियो ।
प्रहरीले स्वतन्त्र उम्मेदवार घर्तीलाई माथिको आदेश भन्दै नियन्त्रणमा लिन खोजेपछि उम्मेदवार र उनका समर्थकसँग प्रहरीको बादबिबाद भएको थियो । बादविबादका बाबजुत प्रहरीले घर्तीलाई नियन्त्रणमा लिएर ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको घरमा लगेका थिए ।
उनको होटल दरबारमा ल्याइएको हेलिकोप्टरमार्फत उनलाई बागुलुङ लगिएको थियो । घर्तीको उम्मेदवारका समर्थक भएका तुलसी अर्याललाई भने प्रहरीले स्वतन्त्र उम्मेदवार अर्याललाई अपहरण गर्न खोजेको आरोप लगाई बेपत्ता बनाएको छ । सो क्षेत्रबाट कांग्रेसका जीत शेरचनले उम्मेदवारी दिएका छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...