बस्नेत उपकुलपति हुनेवित्तिकै वीर अस्पतालका जनरल बेड सेवाग्राहीलाई निःशुल्क – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

बस्नेत उपकुलपति हुनेवित्तिकै वीर अस्पतालका जनरल बेड सेवाग्राहीलाई निःशुल्क

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा भुपेन्द्र बस्नेत नियुक्त भएको भोलिपल्ट नै वीर अस्पतालका जनरल बेड निःशुल्क बिरामीलाई उपलब्ध गराउने निर्णय भएको छ।

न्याम्सका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्याम्सको रिक्त उपकुलपति नियुक्त गर्न सहकूलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा सर्च कमिटी गठन गरेका थिए ।

जसको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी विच्छा र सदस्य सचिवमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल थिए। सर्च कमिटिमा ११ जनाले निवेदन दिए पनि बस्नेत योग्य ठहरिएका थिए।

उपकूलपति बस्नेतले शुक्रबार राखेको न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागू हुने गरी वीर अस्पतालका सात सय वटा साधारण शैया (जनरल बेड) बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

बीर अस्पतालले जनरल बेडको दुई सय रुपैयाँ शुल्क लिँदै आएको थियो। न्याम्स पदाधिकारीमा नयाँ नियुक्ति भएसँगै उक्त निर्णय भएको हो। उपकुलपति बस्नेत यसअघि न्याम्सको निमित्त उपकुलपति र कार्यकारी निर्देशकको भूमिकामा थिए ।

 

सम्बन्धित समाचार

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
  • २०८० असार ८, २०: ०६

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...

त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
  • २०८० असार ८, २०: ०६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०८० असार ८, २०: ०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...