
काठमाडौं । वहालवाला अति विशिष्ट व्यक्ति र मन्त्रीहरुले आफ्ना सवारीमा प्रयोग गर्दै आएको राष्ट्रिय झण्डा अव भूतपूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्रीले समेत प्रयोग गर्न पाउने भएका छन् ।
सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्वन्धी (दोश्रो शंशोधन) कार्यविधि २०७६ लागू गरी पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका पूर्वअध्यक्षले समेत विशिष्ट व्यक्तिको हैसियतमा सवारी साधनमा समेत राष्ट्रिय झण्डा प्रयोग गर्न पाउनेछन् ।
कार्यविधिले अतिविशिष्ट व्यक्ति भन्नाले राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्षलाई मान्यता दिएको छ । सरकारले गत ४ भदौमा राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय झण्डाको प्रयोग सम्वन्धी कार्यविधिलाई शंशोधन गरेको हो ।
पुरानो कार्यविधि अनुसार नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, मुख्यसचिवले मात्र प्रयोग गर्दैै आएको राष्ट्रिय झण्डालाई आफ्नो सवारीमा अबदेखि संवैधानिक निकायका प्रमुख र सदस्यहरु तथा आयुक्तहरुले राष्ट्रिय झण्डा हाल्न पाउने छन् ।
यसैगरी, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र संवैधानिक निकायका सदस्य तथा आयुक्तले पनि आफू सवार साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउँछन् । नेपाली सेनाका प्रधानसेनापतिले हाल नेपाली सेनाकै झण्डा आफ्नो सवारीमा हाल्ने गरेका थिए ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...