पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि आयुक्तसम्मले राष्ट्रिय झण्डा हाल्न पाउने – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि आयुक्तसम्मले राष्ट्रिय झण्डा हाल्न पाउने

काठमाडौं । वहालवाला अति विशिष्ट व्यक्ति र मन्त्रीहरुले आफ्ना सवारीमा प्रयोग गर्दै आएको राष्ट्रिय झण्डा अव भूतपूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्रीले समेत प्रयोग गर्न पाउने भएका छन् ।

सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्वन्धी (दोश्रो शंशोधन) कार्यविधि २०७६ लागू गरी पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका पूर्वअध्यक्षले समेत विशिष्ट व्यक्तिको हैसियतमा सवारी साधनमा समेत राष्ट्रिय झण्डा प्रयोग गर्न पाउनेछन् ।

कार्यविधिले अतिविशिष्ट व्यक्ति भन्नाले राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्षलाई मान्यता दिएको छ । सरकारले गत ४ भदौमा राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय झण्डाको प्रयोग सम्वन्धी कार्यविधिलाई शंशोधन गरेको हो ।

पुरानो कार्यविधि अनुसार नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, मुख्यसचिवले मात्र प्रयोग गर्दैै आएको राष्ट्रिय झण्डालाई आफ्नो सवारीमा अबदेखि संवैधानिक निकायका प्रमुख र सदस्यहरु तथा आयुक्तहरुले राष्ट्रिय झण्डा हाल्न पाउने छन् ।

यसैगरी, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र संवैधानिक निकायका सदस्य तथा आयुक्तले पनि आफू सवार साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउँछन् । नेपाली सेनाका प्रधानसेनापतिले हाल नेपाली सेनाकै झण्डा आफ्नो सवारीमा हाल्ने गरेका थिए ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७६ मंसिर १०, ०७: २७

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७६ मंसिर १०, ०७: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७६ मंसिर १०, ०७: २७

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...