
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेका चिकित्सकको दरबन्दी व्यवस्थापन गर्दा आत्महत्या गर्ने धम्की आएको बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री बस्नेतले दरबन्दीअनुसार डाक्टरहरूको सरुवा गर्दा कहिले आफ्नो सचिवालयमा त कहिले स्वास्थ्य सचिवकोमा आत्महत्याको धम्की दिएपछि मेरोमा पठाई दिनुस भनेर बोलेको स्वीकारेका हुन्।
‘झुण्डिएर मर्छु भनेर सरुवा गरिएका चिकित्सकले भनेपछि मैले मेरोमा पठाई दिनुस न त भनेर सचिवज्यूलाई भनेको हुँ। म कडा बोलेकै हो। कडा नहुँदा त नटेर्ने रहेछन्’ मन्त्री बस्नेतले सदनमा भने, ‘सरुवाको निर्णयलाई कडाईका साथ पालना गर्न सकिएन भने आधारभूत स्वास्थ्य दिनु त परै जाओस स्वास्थ्य मन्त्रालय चल्न पनि सक्दैन।’
उनले आत्महत्या गर्छु भनेर केही चिकित्सकले सचिवकोमा थर्काउने गरेको भन्दै आफूले मन्त्रालयमा धेरै रिक्स लिएको र एक जना नुवाकोट गएको चिकितसक फेरि ट्रमा सेन्टर आउँछु नत्र आत्महत्या गर्छु भनेर धम्क्याएपछि आफू कडा हुनु परेको बताए।
आधारभूत स्वास्थ्य सेवा संविधानले प्रत्याभूत गरेको भए पनि बजेट विगतको तुलानामा २० प्रतिशत घटाएर आएको भन्दै उनले हरेक अस्पतालले १० प्रतिशत बेड निःशुल्क दिने कानूनी व्यवस्थालाई आफूले कार्यान्वयन गरेको बताए।
मन्त्री बस्नेतले देशका १६ वटा संघीय अस्पतालका बेडहरु निशुल्क गरिएको, तीन हजार तीन सय २३ बेड गरिव, वेवारिसे र असहायलाई निशुल्क बेडको व्यवस्था गरेको र २२ वटा जिल्लामा विपन्नताको कार्ड देखाएको आधारमा निशुल्क बेड उपलब्ध गराइएको बताए।
भीभीआईपीको उपचार नेपालमै गर्ने व्यवस्थाको लागि विशेषज्ञ चिकित्सक र पूर्वाधार खडा गर्न लागेको भन्दै बस्नेतले २०६० सालदेखि कानून लागू भएसँगै ६ अर्ब रुपैयाँ सूर्तीजन्य पदार्थबाट उठेको करमध्ये स्वास्थ्य मन्त्रालयले ४० करोड रुपैयाँ मात्र पाएको गुनासो गरे।
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...