बुटवल । अर्घाखाँची जिल्लाको मालारानीको खनदहमा उपनिर्वाचन सुरक्षा तथा व्यवस्थापन कमजोर हुँदा मतदानका लागि बिहान ७ बजेबाट सुरु भएको मतदानमा लाइनमा बसेका मतदातालाई भातको कुपन बाँडिएको छ । मतदान स्थलमा गएका पत्रकारहरुले आचारसंहिता विपरित मतदानस्थलमै मत माग्दै भातको कुपन बाँडिएको देखेका थिए ।
लाईनमै बसेका मतदातालाई भातको कुपन बाँड्दा पनि सुरक्षाकर्मी मौन रहेका थिए । आचारसंहिता विपरित काम भएकोमा केहि मतदाताले विरोध जनाए पनि प्रहरीले सत्तारुढ नेकपाकै कार्यकर्ताको पक्ष लिएका थिए । नेकपाका नेताहरू अघिल्लो रात विहीबारसम्म चामल बाड्ने काम गरेका थिए । ३ हजार ३० मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो । यसैगरी चुनावी आचारसंहिता बिपरित कार्यगरेको भन्दै प्रहरीले नेकपाका दुईजना कार्यकर्तालाई लमजुङको सुन्दरबजारको परेवाडाँडास्थित कुमाल
गाउँबाट नियन्त्रणमा लिएको छ ।
नेकपाका कार्यकर्ता नारायण कुमाल र सुवास श्रेष्ठलाई ईलाका प्रहरी कार्यलय सुन्दरबजारले नियन्त्रणमा लिएको हो । मौन अबधिमा स्थानियको घर घरमा गई पैसा बाड्न खोजेको र नेकपामा भोट नदिए भौतिक आक्रमण गर्ने धम्कि दिएको गुनासो प्रहरीकहाँ पुगेपछि प्रहरीले गस्ति गरिरहेको थियो । गस्तीकै क्रममा उनीहरू नियन्त्रणमा परेको प्रहरीले जनाएको छ ।
त्यस्तै कास्की २ मा प्रतिनिधि सभाको उपनिर्वाचनको मतदान हुँदै गर्दा पोखराको नभ प्रभात माबिमा बम विष्फोट भएको छ । पोखरा महानगरपालिका ९ मा रहेको नभप्रभात माविमा बम विष्फोट भएको थियो । विष्फोटले मैदानमा खाल्डो नै परेको थियो । विष्फोटपछि करिव २० मिनेटसम्म रोकिएको मतदान पुन चालु भएको थियो ।
शुक्रबार मात्रै सुरक्षाकै कारण जनाउँदै डीएसपीको सरुवा गरे पनि जिल्ला प्रशासन कार्यालयको बन्दोबस्ती तथा कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ । कास्की क्षेत्र नं २ को क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको थियो ।
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...