धर्मका विषयमा उत्तेजना र बहकाउमा नलाग्न शेखरको आग्रह – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

धर्मका विषयमा उत्तेजना र बहकाउमा नलाग्न शेखरको आग्रह

धरान । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूको उत्तेजना र बहकाउमा नलाग्न आग्ह गरेका छन्।

आईतबार धरान पुगेका नेता कोइरालाले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोशिश भइरहेको जनाउँदै भने, ‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक–धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, त्यो हामी कदापि स्वीकार्न सक्दैनौं।’

हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले धर्मका नाममा राजनीति गर्न नहुने बताए।

उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीमा आग्रहसमेत गरे। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रष्ट पारे।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं–१ ले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान –२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशैभरि जाने खतरा रहेको पनि बताए।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८० भाद्र १०, १८: २०

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० भाद्र १०, १८: २०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० भाद्र १०, १८: २०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...