‘प्राना मुण्डी ब्याण्ड’को युरोपमा नेपाली धुन – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

‘प्राना मुण्डी ब्याण्ड’को युरोपमा नेपाली धुन

काठमाडौं । नेपाली मौलिक व्याण्डहरुले बिदेशमा नेपाली मौलिक साँगीतिक प्रस्तुति दिने क्रम बढेको छ । यसै क्रममा ‘प्राना मुण्डी ब्याण्ड’ व्यान्डले नेपालमा बनेका बाजाहरुलाई देश बाहिर निरन्तर बिभिन्न कार्यक्रमका बिच चिनाउँदै आएको छ । हरेक वर्ष युरोपका बिभिन्न देशहरुमा यो ब्याण्डले बिगत पाँचबर्ष देखी नेपाली बाजाहरुलाई सुनाउँदै आएको छ ।
यो ब्याण्डले बिशेष गरी बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्ना लगायतका बाजाका धुन सुनाउनकै लागी बिदेश भ्रमणमा ब्यस्त हुने गरेको छ । ब्याण्ड स्थापना कालदेखी अहिलेसम्म पाँचपटक युरोप टुर गरिसकेको यो ‘प्राना मुण्डी ब्याण्ड’ पुनः युरोप टुरमा निस्कने भएको छ । आउँदो अंग्रेजी बर्षको ४ मार्चबाट पुनः युरोपका बिभिन्न शहरहरुमा नेपाली बाजा सुनाउने ब्याण्डका प्रमुख बाँसुरी बाधक प्रताप केसीले जानकारी दिए । केसीका अनुसार एक महिनाको लामो टुरमा युरोपका झण्डै आधा दर्जन देशहरुमा आफ्नो ब्याण्डका तिन जनाले बिभिन्न नेपाली बाजाहरुलाई बिदेशी समक्ष सुनाउने छन् । ‘यस पटक पनि हामीले मौलिक धुनहरुलाई जोड दिएका छौं । बिदेशी नागरिकहरुले नेपालका मौलिक धुनहरुलाई निकै मन पराउँछन् त्यसैले पनि हामी नेपालमै बनेका बाजामा केन्द्रित भएका हौं ।’, केसीले भने । उनले अहिलेको यो टुरमा तबला, सितार र बाँसुरी लगायतका धुनलाई बिशेष प्राथमिकता दिएको बताए ।
यस अघि यो ब्याण्ड यहि बर्षको १ सेप्टेम्बर देखी ३५ दिनसम्म युरोप टुर गरेको थियो । त्यसबेला पनि नेपालका बिभिन्न धुनहरु युरोपका बिभिन्न शहरहरुमा कार्यक्रमका बिच सुनाएको थियो । अहिले सम्म गरेका युरोप टुरका कतिपय कार्यक्रमहरुमा नेपाली टोलीबाहेक करिब २० प्रतिशत सोही देशका बाद्यवाधक रहने गरेको केसीले बताए । ‘कतिपय कार्यक्रममा नेपाली मात्र नभएर विदेशी धुन पनि बजाउनुपर्ने भएकाले जुन ठाउँमा कार्यक्रम गरिन्छ त्यो ठाउँका बाधकलाई लिने गरेका हुन्छौं । बिदेशी नागरीकहरुले आफ्नै देशको धुन बजाउन आग्रह गर्दा हामी त्यस देशको धुन पहिले नै ’अध्ययन गरेका हुन्छौं र सोहि अनुरुप बजाउने पनि गरेका छौं ।’, केसीले भने ।
‘प्राना मुण्डी ब्याण्ड’ नेपालमा बिभिन्न सामाजिक कार्यमा पनि सरिक हुँदै आएको छ । ब्याण्डले नेपालले ०७२ सालमा भूकम्पबाट बेहोर्नुपरेको समस्याका बेलामा पनि बिभिन्न ठाउँमा राहत हस्तान्तरण गरेको थियो । हालै अस्ट्रियाका दुई नागरीकको सहयोगमा सिन्धुपाल्चोकको फलाटे गाउँमा दुई घर निर्माण गरेको छ । अस्ट्रिया नागरीक बिली र बर्नहार्डको आर्थिक सहयोगमा नेपालका सम्पुर्ण सहयोग ‘प्राना मुण्डी ब्याण्ड’ले गरेको केसीले जानकारी दिए । आठ लाख बराबरमा निर्माण भइरहेका दुई घर अबको दुईसाता भित्रै हस्तान्तरण गरिने पनि उनले बताए ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ पुष १०, ०८: ५०

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ पुष १०, ०८: ५०

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ पुष १०, ०८: ५०

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...