काठमाडौं । नेपाली मौलिक व्याण्डहरुले बिदेशमा नेपाली मौलिक साँगीतिक प्रस्तुति दिने क्रम बढेको छ । यसै क्रममा ‘प्राना मुण्डी ब्याण्ड’ व्यान्डले नेपालमा बनेका बाजाहरुलाई देश बाहिर निरन्तर बिभिन्न कार्यक्रमका बिच चिनाउँदै आएको छ । हरेक वर्ष युरोपका बिभिन्न देशहरुमा यो ब्याण्डले बिगत पाँचबर्ष देखी नेपाली बाजाहरुलाई सुनाउँदै आएको छ ।
यो ब्याण्डले बिशेष गरी बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्ना लगायतका बाजाका धुन सुनाउनकै लागी बिदेश भ्रमणमा ब्यस्त हुने गरेको छ । ब्याण्ड स्थापना कालदेखी अहिलेसम्म पाँचपटक युरोप टुर गरिसकेको यो ‘प्राना मुण्डी ब्याण्ड’ पुनः युरोप टुरमा निस्कने भएको छ । आउँदो अंग्रेजी बर्षको ४ मार्चबाट पुनः युरोपका बिभिन्न शहरहरुमा नेपाली बाजा सुनाउने ब्याण्डका प्रमुख बाँसुरी बाधक प्रताप केसीले जानकारी दिए । केसीका अनुसार एक महिनाको लामो टुरमा युरोपका झण्डै आधा दर्जन देशहरुमा आफ्नो ब्याण्डका तिन जनाले बिभिन्न नेपाली बाजाहरुलाई बिदेशी समक्ष सुनाउने छन् । ‘यस पटक पनि हामीले मौलिक धुनहरुलाई जोड दिएका छौं । बिदेशी नागरिकहरुले नेपालका मौलिक धुनहरुलाई निकै मन पराउँछन् त्यसैले पनि हामी नेपालमै बनेका बाजामा केन्द्रित भएका हौं ।’, केसीले भने । उनले अहिलेको यो टुरमा तबला, सितार र बाँसुरी लगायतका धुनलाई बिशेष प्राथमिकता दिएको बताए ।
यस अघि यो ब्याण्ड यहि बर्षको १ सेप्टेम्बर देखी ३५ दिनसम्म युरोप टुर गरेको थियो । त्यसबेला पनि नेपालका बिभिन्न धुनहरु युरोपका बिभिन्न शहरहरुमा कार्यक्रमका बिच सुनाएको थियो । अहिले सम्म गरेका युरोप टुरका कतिपय कार्यक्रमहरुमा नेपाली टोलीबाहेक करिब २० प्रतिशत सोही देशका बाद्यवाधक रहने गरेको केसीले बताए । ‘कतिपय कार्यक्रममा नेपाली मात्र नभएर विदेशी धुन पनि बजाउनुपर्ने भएकाले जुन ठाउँमा कार्यक्रम गरिन्छ त्यो ठाउँका बाधकलाई लिने गरेका हुन्छौं । बिदेशी नागरीकहरुले आफ्नै देशको धुन बजाउन आग्रह गर्दा हामी त्यस देशको धुन पहिले नै ’अध्ययन गरेका हुन्छौं र सोहि अनुरुप बजाउने पनि गरेका छौं ।’, केसीले भने ।
‘प्राना मुण्डी ब्याण्ड’ नेपालमा बिभिन्न सामाजिक कार्यमा पनि सरिक हुँदै आएको छ । ब्याण्डले नेपालले ०७२ सालमा भूकम्पबाट बेहोर्नुपरेको समस्याका बेलामा पनि बिभिन्न ठाउँमा राहत हस्तान्तरण गरेको थियो । हालै अस्ट्रियाका दुई नागरीकको सहयोगमा सिन्धुपाल्चोकको फलाटे गाउँमा दुई घर निर्माण गरेको छ । अस्ट्रिया नागरीक बिली र बर्नहार्डको आर्थिक सहयोगमा नेपालका सम्पुर्ण सहयोग ‘प्राना मुण्डी ब्याण्ड’ले गरेको केसीले जानकारी दिए । आठ लाख बराबरमा निर्माण भइरहेका दुई घर अबको दुईसाता भित्रै हस्तान्तरण गरिने पनि उनले बताए ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...