प्रचण्डपत्नी उपचारका लागि हरिद्धारमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रचण्डपत्नी उपचारका लागि हरिद्धारमा

काठमाडौं । पुत्र वियोग पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल बिरामी पर्दै आएकी थिइन् ।

हाल उनलाई उपचारको लागि भारतको हरिद्धारस्थित बाबा रामदेवको पतञ्जलि योग पीठमा आयुर्वेदिक उपचार हुन थालेको छ । शुक्रबार छोरी गंगा दाहाल आचार्यसँगै नेकपा स्थायी समिति सदस्य मातृका प्रसाद यादव हरिद्धार पुगेका छन् ।

२०७४ को संघीय संसद तथा प्रदेश सांसदको निर्वाचनको संघारको बेला पचण्डपुत्र प्रकाशको निधन भएपछि सीता दाहाल मानसिक रुपमा कमजोर भएकी थिइन् । पुत्र शोकले पीडित भएकी सीताको मानसिक र शारीरिक उपचार संयुक्त राज्य अमेरीका र सिंगापुरमा भएको थियो ।

एलोपैथिक र आयुर्वेदिक उपचारबाट समेत विसेक नभएपछि सीताको उपचार आध्यात्तमिक तबरबाट गर्न खोजिएको छ । पार्टी स्थायी समितिको बैठक चलिरहेको बेला अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भने भारत गएनन् । सीतालाई आर्युवेदिक उपचार गरिने वताइएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ पुष ७, ०७: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ पुष ७, ०७: १५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ पुष ७, ०७: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...