
काठमाडौं । पुत्र वियोग पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल बिरामी पर्दै आएकी थिइन् ।

हाल उनलाई उपचारको लागि भारतको हरिद्धारस्थित बाबा रामदेवको पतञ्जलि योग पीठमा आयुर्वेदिक उपचार हुन थालेको छ । शुक्रबार छोरी गंगा दाहाल आचार्यसँगै नेकपा स्थायी समिति सदस्य मातृका प्रसाद यादव हरिद्धार पुगेका छन् ।
२०७४ को संघीय संसद तथा प्रदेश सांसदको निर्वाचनको संघारको बेला पचण्डपुत्र प्रकाशको निधन भएपछि सीता दाहाल मानसिक रुपमा कमजोर भएकी थिइन् । पुत्र शोकले पीडित भएकी सीताको मानसिक र शारीरिक उपचार संयुक्त राज्य अमेरीका र सिंगापुरमा भएको थियो ।
एलोपैथिक र आयुर्वेदिक उपचारबाट समेत विसेक नभएपछि सीताको उपचार आध्यात्तमिक तबरबाट गर्न खोजिएको छ । पार्टी स्थायी समितिको बैठक चलिरहेको बेला अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भने भारत गएनन् । सीतालाई आर्युवेदिक उपचार गरिने वताइएको छ ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...