सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान


काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ ।

बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी चिनियाँ नागरिक सानटाओलाई सम्मान गरेको हो । सानटाओले गत मे १८ मा सगरमाथाको आठ हजार मिटर उचाइबाट बेसक्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ अनुभव र सम्भावना भएको बताए ।

“नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पुर्‍याएर यसबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ”,उनले भने, “नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउनका लागि स्कूल सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको छ ।”

प्याराग्लाइडिङ आरोही सानटाओले सन् २०१५ मा पोखरामा पहिलोपटक प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताए । “मैले सन् २०१५ मै पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजारका चीनका चुचुरोमा प्याराग्लाइडिङ गरेँ”, उनले भने, “त्यसपछि सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने इच्छा जागेकाले अहिले आएर सफल भएको छु ।”

पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटनका माध्यमबाट मुलुकको विकासमा टेवा पुग्नै भन्दै पर्यटन प्रवर्द्धनमा सबैको ऐक्यबद्धताको खाँचो औँल्याए । “पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो । विश्वमा भन्दा राम्रो प्राकृतिक सम्पदा र हावापानी नेपालमा रहेकाले पनि यहाँको पर्यटन प्रवर्द्धनमा सबैको ऐक्यबद्धता आवश्यक छ”, उनले भने ।

सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिए । कोरोनापछि नेपालको पर्यटन क्षेत्र विस्तारै गतिमा जान थालेको उनको भनाइ थियो ।

यसैबीच, बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८० भाद्र १४, १७: ४९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०८० भाद्र १४, १७: ४९

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...

राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
  • २०८० भाद्र १४, १७: ४९

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...