एमाले अधिवेशनः पाँच पदका लागि २३ जनाको उम्मेदवारी – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

एमाले अधिवेशनः पाँच पदका लागि २३ जनाको उम्मेदवारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । आगामी नेतृत्व चयन गर्न साँझ ५ बजेदेखि निर्वाचन हुने भनिए पनि अहिलेसम्म निर्वाचन हुन नसके नेताहरुले बताएका छन् ।

यधपी सहमतिको प्रयास जारी रहेको छ । आइतबारदेखि धनगढीमा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन चलिरहेको छ । उम्मेदवारी दर्ताको समय सकिएको छ । ५ पदाधिकारी पदमा २३ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा चार जना, उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जना छन् । ति मध्ये ३ जना महिला छन् । अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ । सचिवमा रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बम छन् ।

उपसचिव भागरथी विष्ट, कन्दकलाकुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टको उम्मेदवारी छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० आश्विन २३, २०: १४

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८० आश्विन २३, २०: १४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८० आश्विन २३, २०: १४

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...