आश्रमको भवन निर्माण गर्न संसदकोषबाट १० लाख सहयोग गर्ने प्रतिवद्धता – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

आश्रमको भवन निर्माण गर्न संसदकोषबाट १० लाख सहयोग गर्ने प्रतिवद्धता

भक्तपुर । सांसद सकुन्तला श्रेष्ठले छोरीको घर जेष्ठ नागरिक आश्रमको भवन निर्माणको लागि रु १० लाखबढी बजेट विनियोजन गर्ने घोषणा गरेकी छन ।मंगलबार चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा सञ्चालन भएको महायज्ञमा प्रमुख अतिथिका रुपमा सहभागि भएकी सांसद श्रेष्ठले प्रदेश सांसदकोषबाट उक्त रकम सहायोग गर्ने घोषणा गरेकि हुन ।

सांसद श्रेष्ठले भनिन, “यस्तो पुयण्को कार्य वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले सुरु गर्नुभएको छ । यो काम हाम्रो हो । हाम्ले सुरु नगरेतापनि अबको भवन निर्माणको लागि १० लाख बढी बजेट विनियोजन गरेर सहयोग गर्ने छु ।”

सन्तान छैनन भनेर अब कुनै आमाबाबु वेवारिसे हुन नपर्ने भन्दै उनले यस्तो घोषणा गरेको बताइन ।गत आश्विन ११ गते देखि भक्तपुर चाँगुनारायण नगरपालिका ताथलीमा श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।

आश्रमले पूर्णता नपाएसम्म  सहयोग हुन्छः धनेश्वरी प्रजापति
कार्यक्रममा ताथलीमा बन्ने भनिएको छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता नपाएसम्म प्रदेशले सहयोग गर्ने बाग्मती प्रदेश सभा सदस्य धनेश्वरी प्रजापतिले बताएकी छन ।

बुधबार श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएकी सांसद प्रजापतिले यस्तो बताएकी हुन । सांसद प्रजापतिले भनिन्, “प्रदेश सरकार सकारात्मक कार्यको लागि सधै सकारात्मक छ ।”

सांसद प्रजापतिले भनिन– “छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता नपाउदा सम्म प्रदेशबाट हुने सहयोगमा पनि पूर्णबिराम लाग्दैन । सधै सहयोगको लागि हाम्रो आवाज पुगिरहने छ ।”

सेवा गर्न कै लागि सांसद बनेः आले मगर
जनताको सेवा गर भनेर नै मलाई भगवानले पठाएको बाग्मति प्रदेश सभा सदस्य रमा आले मगरले बताएकी छन । पहिलो र दोस्रो कार्यकालका लागि जनताको सेवा गर्न भनेर भगवानले पठाएको उनको भनाइ छ ।

साँसद आले मगरले भनिन्, “सेवा गर्ने कार्य जोकोहिले पाउदैन । मैले जनताको सेवा गर्ने मौका पाएको छु । बालयोगेश्वर विजयमूर्ति महाराज श्रीले महायज्ञमार्फत आम भक्तजनहरुको सेवा गर्ने मौका पाउनुभएको छ । यो सबै भगवानको लिला हो आह्वान हो ।” छोरीको घर जेष्ठ नागरिक आश्रमा भवन निर्माणको सहयोगार्थ आयोजित महायज्ञमा सहभागि भएकी सांसद आले मगरले यस्तो बताएकी हुन ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २४, २०: ३८

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २४, २०: ३८

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २४, २०: ३८

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...