काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।
स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालको निगरानीमा निवास र वीर अस्पतालमा राखेर उपचार गरिएको थियो ।
डेंगु परीक्षणमा संक्रमण पुष्टि भएपछि बानेश्वरको निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ ।
उपचारमा निजी चिकित्सक डा. सिलवालसँगै सिभिल अस्तालका विशेषज्ञ चिकित्सकहरु खटिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले समेत उपराष्ट्रपति यादवको पछिल्लो स्वास्थ्य अवस्थाबारे फोनमार्फत जानकारी लिएका छन् ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...