बाँके । नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा १८ वर्षमाथिका बालबन्दीलाई राख्न शुरु गरिएको छ । देशका विभिन्न ठाउँमा बबाल गरेपछि अपराध गरेर बाल सुधार गृहमा पुगेका १८ वर्षमाथिका बालबन्दीहरुलाई सरकारले नौवस्ता क्षेत्रीय कारागारमा राख्न शुरु गरेको हो ।
बालक तथा किशोरलाई बाल सुधार गृहमा राख्ने भनिए पनि १८ वर्ष नपुग्दै अपराध गरेका र तोकिएको सजाय काट्दा बढी उमेर भएका बालबन्दीलाई एकै ठाउँमा राखिदै आएको थियो । बाँके, ललितपुर, भक्तपुरलगायत देशका अन्य ठाउँमा बढी उमेर भएका बालबन्दीले ‘आतंक’ मच्चाएपछि छुट्टै ठाउँमा राखेर कारबाही प्रक्रिया शुरु गरेको हो ।
चारवटा ब्लक रहेको क्षेत्रीय कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा राख्न देशका विभिन्न ठाउँबाट बालबन्दी ल्याइरहेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए । बाल सुधार गृह सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नासुस्तरको कर्मचारी खटाएको छ ।
सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना प्रहरीलाई नौवस्तामा राखिएको छ । डुडुवा बाल सुधार गृहमा असोज ४ गते राति बालबन्दी बीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो । ११ जना घाइते भएका थिए । सोही कारागारबाट चारजना भागेका थिए ।
तीनजना अझै सम्पर्क विहिन छन् । दुई सय ५४ जना बालबन्दी रहेको यहाँ १८ वर्षमाथिका एक सय ६५ जना छन् । १८ वर्षमाथिकालाई क्षेत्रीय कारागार सार्ने तयारी भएको छ । नौ विगाहमा रहेको नौवस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ । देशभरकै कारागारमा कैदी बन्दीको संख्याबढी भएपछि सरकारले नौवस्तामा क्षेत्रीय कारागार बनाएर कैदी बन्दी राख्न शुरु गरेको हो ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...