एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा २८ जनाको मृत्यु भएकाे छ ।
अन्य २६१ जना बेपत्ता भएको सरकारी संचारमाध्यमले जनाएका छन् ।
दुर्घटनास्थलको निरीक्षण गरेका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले भिडियो वक्तव्यजारी गर्दै भने, ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने छ ।’
उक्त डुङ्गा कङ्गो नदीको बन्दरगाह शहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटर दूरीकाे बोलोम्बाका लागि छुटेको थियो ।
अत्यधिक भारका कारण डुङ्गा पल्टिएको तर डुङ्गामा सवार यात्रुको सङ्ख्या कति थियाे भने कुरा अज्ञात रहेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
कङ्गो नदीमा अत्यधिक भार र डुङ्गाहरूको खराब अवस्थाले अधिकांश दुर्घटनाहरू हुनेगरेको अधिकारी बताउंछन् ।
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...