डुङ्गा डुब्दा कङ्गोमा २८ जनाको मृत्यु, २६१ जना बेपता – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

डुङ्गा डुब्दा कङ्गोमा २८ जनाको मृत्यु, २६१ जना बेपता

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा २८ जनाको मृत्यु भएकाे छ ।

अन्य २६१ जना बेपत्ता भएको  सरकारी संचारमाध्यमले जनाएका छन् ।

दुर्घटनास्थलको निरीक्षण गरेका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले भिडियो वक्तव्यजारी गर्दै भने, ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने छ ।’

उक्त डुङ्गा कङ्गो नदीको बन्दरगाह शहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटर दूरीकाे बोलोम्बाका लागि छुटेको थियो ।

अत्यधिक भारका कारण डुङ्गा पल्टिएको तर डुङ्गामा सवार यात्रुको सङ्ख्या कति थियाे भने कुरा अज्ञात रहेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

कङ्गो नदीमा अत्यधिक भार र डुङ्गाहरूको खराब अवस्थाले अधिकांश दुर्घटनाहरू  हुनेगरेको अधिकारी बताउंछन् ।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० आश्विन २९, ०७: ०३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० आश्विन २९, ०७: ०३

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...

कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
  • २०८० आश्विन २९, ०७: ०३

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानको समीक्षा बैठक सम्पन्न गरेको...