
काठमाडौं । सरकारका हरेक काम कारवाहीको सचेततापूर्वक खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पद पाउने लोभ र आशामा सत्तारुढ दल नेकपाले अघि सारेका बिबादस्पद उम्मेदवारलाई समर्थन गरेको छ ।
अधिकांस समय सत्तामा बसेर वा सत्तालाई समर्थन गरेको अनुभव लिएका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिलाई समेत छलेर माघ ७ गते मंगलबार बहुमतको आधारमा सभामुखको दाबी छाड्पछि पार्टी नेतृत्वको सर्बत्र आलोचना र टिप्पणी हुन थालेको छ ।
सभापति देउवाले उपसभामुखमा पुष्पा भूषाल र पूर्वउपसभामुख चित्रलेखा यादवमध्ये एकजनालाई उम्मेदवार बनाउने योजना बनाएका छन् ।
सत्तारुढ दल नेकपाले सभामुख बनाउने व्यक्तिका विषयमा बेखबर जस्तै रहेका सभापति देउवाले उपसभामुखको भागबण्डा खोज्दा कांग्रेसको खबरदारी वा पहरेदारीप्रति जनमानसमा समेत बितृष्णा आउन सक्ने आशंका उठेका छन् ।
सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाइ ध्यानमा राख्दै कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय कांग्रेस संसदीय दल कार्यसमितिले गरेको थियो ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...