उपसभामुखको लोभमा कांग्रेसले सभामुखको दाबी छाड्यो – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

उपसभामुखको लोभमा कांग्रेसले सभामुखको दाबी छाड्यो

काठमाडौं । सरकारका हरेक काम कारवाहीको सचेततापूर्वक खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पद पाउने लोभ र आशामा सत्तारुढ दल नेकपाले अघि सारेका बिबादस्पद उम्मेदवारलाई समर्थन गरेको छ ।

अधिकांस समय सत्तामा बसेर वा सत्तालाई समर्थन गरेको अनुभव लिएका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिलाई समेत छलेर माघ ७ गते मंगलबार बहुमतको आधारमा सभामुखको दाबी छाड्पछि पार्टी नेतृत्वको सर्बत्र आलोचना र टिप्पणी हुन थालेको छ ।

सभापति देउवाले उपसभामुखमा पुष्पा भूषाल र पूर्वउपसभामुख चित्रलेखा यादवमध्ये एकजनालाई उम्मेदवार बनाउने योजना बनाएका छन् ।

सत्तारुढ दल नेकपाले सभामुख बनाउने व्यक्तिका विषयमा बेखबर जस्तै रहेका सभापति देउवाले उपसभामुखको भागबण्डा खोज्दा कांग्रेसको खबरदारी वा पहरेदारीप्रति जनमानसमा समेत बितृष्णा आउन सक्ने आशंका उठेका छन् ।

सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाइ ध्यानमा राख्दै कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय कांग्रेस संसदीय दल कार्यसमितिले गरेको थियो ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७६ माघ १३, ०६: ३९

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७६ माघ १३, ०६: ३९

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ माघ १३, ०६: ३९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...