कन्काई । झापाकाे कन्काई नगरपालिका वडा नं. ७ को दुर्गापूर र इलाम क्षेत्र जाेड्ने सडक कालोपत्रे भएको छ ।
कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय झापाबाट कार्यान्वय आएको १४ किलोमिटर ५ सय मिटर सडक कालोपत्रे भएकाे हाे ।
पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने दुर्गापूरबाट इलामको माई नगरपालिका जोड्ने सडक कालोपत्रे भएपछि स्थानीयबासी खुसि भएका छन् ।
नालाबाहेक साढे ७ मिटर चौडा सडक निर्माण भएको छ । अस्पाल प्रविधिको सडक कालोपत्रेका लागि २०७८ भदौ २३ मा ठेक्का संझौता भएको थियो ।
सबै सडक समयमै कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए ।
दुर्गापूर दानाबारी सडक कालोपत्रे गर्न ३७ करोड ११ लाखमा ठेक्का आवाह्न भएकोमा २३ करोड ४८ लाखमा संझौता भएको रमेश श्रेष्ठले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...