जाजरकोट पुगेर एनआरएनएले दियो भूकम्प प्रभावितलाई राहत – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

जाजरकोट पुगेर एनआरएनएले दियो भूकम्प प्रभावितलाई राहत

काठमाडौं । शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट र रुकुम पश्चिम पुगेर राहत सामग्री हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष डा.बद्री केसी नेतृत्वको टोलीले प्रभावितहरूलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो । जाजरकोटको बगान गाउँमा राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघले सिंगो देशको मन दुखेको बताएको छ ।

टोलीले स्थानीय सरकारको समन्वयमा मंगलबार बिहान राहत सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० कार्तिक २२, ०७: ०५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० कार्तिक २२, ०७: ०५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २२, ०७: ०५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...