काठमाडौं । नेकपा एमालेले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्रा’ गर्ने भएको छ ।
राष्ट्रिय एकताको आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
झुलाघाटमा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको प्रारम्भ गर्ने छन् ।
पहाडबाट भइरहेको तीव्र बसाइँसराइँ, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग, पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट अग्रजहरूको सम्मान,
जनसम्बन्ध विस्तार र जनगुनासो सुझाव सङ्कलन तथा राष्ट्रिय सन्देश मिल्ने विश्वास एमालेले लिएको छ ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...