सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनस्वास्थ्य टोली भूकम्पपीडितहरुको उपचारमा ब्यस्त छ ।
जुम्लाका जनस्वास्थ्य डीन प्राडा मुुनिराज क्षेत्री नेतृत्वको छ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा पीडितहरुको उपचार गरिरहेको छ ।
डा. ओमप्रकाश काफ्ले, मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यलसहित जाजरकोट र रुकुमपश्चिमका प्रभावित जिल्लाका पीडितहरुलाई जनचेतना, उपचार सेवा र राहत सामग्री सहयोग गर्दै आएको छ ।
यसपालिको तिहार भूकम्पपीडितहरुको उपचार सहयोगमा बिताउने गरी अहिले नलगाड नगरपालिकाका बिरामीको उपचारमा रहेको छ ।
यस अघि जाजरकोटको भेरी र छेडागाड नगरपालिका तथा रुकुपश्चिमको चौरजहारी, सानीभेरी, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका उपचार सेवा दिइएको डीन प्राडा क्षेत्री बताए ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...