काठमाडौं । नेवार समुदाय बसोवास भएको ठाउँमा मनाइने महत्त्वपूर्ण चाड सकी मन पुन्ही काठमाडाै, ललितपुर र भक्तपुरमा धुमधामले मनाएका छन् ।
परम्परागत जीवनशैलीमा भक्तपुरका नेवार समुदायले भव्यताकासाथ पर्व मनाएका हुन् । आफ्नै महत्व रहेको छ । सकी भनेको अरम पालकको जरा र पुन्ही भनेको पूर्णिमाको दिन हो ।
नेवा संस्कृतिबाट आएको शब्द सकी मन पुन्हीलाई स्थानीयले सकिमिला पुन्ही भनेर मनाउँछन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन यो पुन्ही मनाइन्छ ।
नेपाल संवतको पहिलो महिनामा मनाउने भावले यसलाई कचलथवा पुन्ही पनि भन्ने गरेको सँस्कृतिविद् ओम चरणले बताए । यस दिन टोल टोलमा मन्दिर परिसर अगाडि भुटेको अन्नले देवताको मूर्ति, मन्दिर, मुसाको आकार बनाएर धार्मिक भजन गाएर मनाउने गरिन्छ ।
यस दिन नेवार समुदायका मानिसहरूले फसल काट्ने मौसमको सफल समापन भएको रूपमा देवी देवतालाई धन्यवाद दिन्छन् ।
पुन्हीको अवसरमा भक्तपुरको टौमढी, नासमना, दरवारस्क्वायर, इटाछें, व्यासी, दुधपाटी, झौखेल कमलविनायक क्षत्रमा सकिमिला पुन्ही विशेष रूपमा हिजो राती धुमधामकासाथ मनाएका हुन ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...