उपत्यकामा मनाइयाे सकिमिला पुन्ही पर्व – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

उपत्यकामा मनाइयाे सकिमिला पुन्ही पर्व

काठमाडौं । नेवार समुदाय बसोवास भएको ठाउँमा मनाइने महत्त्वपूर्ण चाड सकी मन पुन्ही काठमाडाै, ललितपुर र भक्तपुरमा धुमधामले मनाएका छन् ।

परम्परागत जीवनशैलीमा भक्तपुरका नेवार समुदायले भव्यताकासाथ पर्व मनाएका हुन् । आफ्नै महत्व रहेको छ । सकी भनेको अरम पालकको जरा र पुन्ही भनेको पूर्णिमाको दिन हो ।

नेवा संस्कृतिबाट आएको शब्द सकी मन पुन्हीलाई स्थानीयले सकिमिला पुन्ही भनेर मनाउँछन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन यो पुन्ही मनाइन्छ ।

नेपाल संवतको पहिलो महिनामा मनाउने भावले यसलाई कचलथवा पुन्ही पनि भन्ने गरेको सँस्कृतिविद् ओम चरणले बताए । यस दिन टोल टोलमा मन्दिर परिसर अगाडि भुटेको अन्नले देवताको मूर्ति, मन्दिर, मुसाको आकार बनाएर धार्मिक भजन गाएर मनाउने गरिन्छ ।

यस दिन नेवार समुदायका मानिसहरूले फसल काट्ने मौसमको सफल समापन भएको रूपमा देवी देवतालाई धन्यवाद दिन्छन् ।

पुन्हीको अवसरमा भक्तपुरको टौमढी, नासमना, दरवारस्क्वायर, इटाछें, व्यासी, दुधपाटी, झौखेल कमलविनायक क्षत्रमा सकिमिला पुन्ही विशेष रूपमा हिजो राती धुमधामकासाथ मनाएका हुन ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर १२, ०७: २७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर १२, ०७: २७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर १२, ०७: २७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...