काठमाडौं । बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका छन् । संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अहिले बीमा सचेतनाको आवश्यकता रहेको भन्दै ‘जीवन बीमा होस् वा निर्जीवन बीमा, जोखिममा पर्यो भने झमेला हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ छ ।
बीमा गरिसकेको व्यक्तिलाई आपत् परेको समयमा तिर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेका कारण यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्याउने गरेको धारणा राखे ।
यथार्थ समस्या समाधान गर्नुपर्ने भन्दै उनले बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका महत्वपूर्ण हुने बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...