मिटरब्याज पीडितहरूले पुनः आन्दोलन गर्ने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मिटरब्याज पीडितहरूले पुनः आन्दोलन गर्ने

काठमाडौ । मिटरब्याज पीडितहरूले अझै न्याय नपाएको भन्दै पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सिरहाको लहानस्थित ऐतिहासिक तथा धार्मिक सलहेश फूलबारीमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको चेतावनी दिएको हो ।

मिटरब्याज पीडितहरूसँग भएको सहमतिप्रति सरकार इमानदार नदेखिएको र पीडितहरू अझै न्याय नपाउने स्थिति रहेको समितिका संयोजक मनोज पासवानले गुनासो गरे ।

समितिका संयोजक पासवानले सात बुँदे माग पनि अघि सारेका छन् । उनका अनुसार मिटरब्याज सम्बन्धी मुद्दालाई कडाईका साथ समाधानका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने,

साहुमहाजनले आफूविरुद्ध उजुरी परेपछि अदालतमार्फत् ल्याउने निषेधाज्ञा सम्बन्धी सवाल सरकारी स्तरबाटै समाधान गर्नुपर्ने, अनुचित लेनदेन सम्बन्धी परेको उजुरी किनारा नलगाउञ्जेल साहुमहाजनले अदालतमा हालेको लेनदेन सम्बन्धी मुद्दाको तत्काल फैसला गर्नुपर्ने समितिको माग छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० पुष ९, १९: ०८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० पुष ९, १९: ०८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष ९, १९: ०८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...