
काठमाडौं । संसदीय समितिहरूले २५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारी निर्णयको अवज्ञा गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार २५ जनाभन्दा बढी भेला नहुन गरेको निर्देशनको अवज्ञा गरेका छन् । बिहीबार राष्ट्रियसभा र संघीय संसदअन्तर्गत संसदीय समितिले सरकारको निर्देशन उल्लंघन गर्दे बैठक सञ्चालन गरे ।
राष्ट्रियसभा बैठकमा सांसदहरुको तापक्रम जाँच गरी स्यानिटाइजरले हात धोएर मात्रै भित्र प्रवेश गराइएको भएपनि सरकारकै निर्देशन नमान्ने सांसदहरुको अहिले चर्को आलोचना भइरहेको छ ।
बिहीबार राज्य व्यवस्था तथा शुसासन समितिबाहेक केही समितिहरुले बैठक सञ्चालन गरे । कानुन, न्याय तथा मानवअधिकार समिति, विकास तथा प्रविधि समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र अर्थ समितिको बैठक सञ्चालन भयो ।
राज्य व्यवस्था तथा सुशासन समितिमा भने सांसदहरुले २५ जनाभन्दा बढी उपस्थित भएकाले सञ्चालन गर्न नहुने भन्दै विरोध गरेपछि बैठक स्थगित भएको थियो । औपचारिक विषयमा प्रवेश नगरे पनि समितिमा सदस्यहरुबीच केहीबेर छलफल भने चलेको थियो । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा २५ जनाभन्दा कम सांसदहरु सहभागी भएकाले बैठक सञ्चालन गरिएको बताइएको छ ।
अर्थ समितिमा भने ३० जनाभन्दा बढी सांसदहरु सहभागी थिए । बिहीबार नै उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुने भनिएको एक कार्यक्रम भने अन्तिम समयमा आएर स्थगित भएको छ । कान्तिपथस्थित होटल एल्लो प्यागोडामा हुने कार्यक्रमका लागि सहभागीहरु आए पनि सरकारी निर्णयको अवज्ञा गर्न नहुने भन्दै स्थगित गरिएको थियो ।
यता गृहमन्त्री समेतको सहभागितामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठक भने बसेको थियो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भने पनि अत्यावश्यक विषयमा छलफल गर्नुपर्ने भएकाले सञ्चालन गर्नुपरेको बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...