सरकारको निर्देशन उल्लंघन गर्यो संसदीय समितिले – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

सरकारको निर्देशन उल्लंघन गर्यो संसदीय समितिले

काठमाडौं । संसदीय समितिहरूले २५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारी निर्णयको अवज्ञा गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार २५ जनाभन्दा बढी भेला नहुन गरेको निर्देशनको अवज्ञा गरेका छन् । बिहीबार राष्ट्रियसभा र संघीय संसदअन्तर्गत संसदीय समितिले सरकारको निर्देशन उल्लंघन गर्दे बैठक सञ्चालन गरे ।

राष्ट्रियसभा बैठकमा सांसदहरुको तापक्रम जाँच गरी स्यानिटाइजरले हात धोएर मात्रै भित्र प्रवेश गराइएको भएपनि सरकारकै निर्देशन नमान्ने सांसदहरुको अहिले चर्को आलोचना भइरहेको छ ।
बिहीबार राज्य व्यवस्था तथा शुसासन समितिबाहेक केही समितिहरुले बैठक सञ्चालन गरे । कानुन, न्याय तथा मानवअधिकार समिति, विकास तथा प्रविधि समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र अर्थ समितिको बैठक सञ्चालन भयो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा भने सांसदहरुले २५ जनाभन्दा बढी उपस्थित भएकाले सञ्चालन गर्न नहुने भन्दै विरोध गरेपछि बैठक स्थगित भएको थियो । औपचारिक विषयमा प्रवेश नगरे पनि समितिमा सदस्यहरुबीच केहीबेर छलफल भने चलेको थियो । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा २५ जनाभन्दा कम सांसदहरु सहभागी भएकाले बैठक सञ्चालन गरिएको बताइएको छ ।

अर्थ समितिमा भने ३० जनाभन्दा बढी सांसदहरु सहभागी थिए । बिहीबार नै उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुने भनिएको एक कार्यक्रम भने अन्तिम समयमा आएर स्थगित भएको छ । कान्तिपथस्थित होटल एल्लो प्यागोडामा हुने कार्यक्रमका लागि सहभागीहरु आए पनि सरकारी निर्णयको अवज्ञा गर्न नहुने भन्दै स्थगित गरिएको थियो ।

यता गृहमन्त्री समेतको सहभागितामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठक भने बसेको थियो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भने पनि अत्यावश्यक विषयमा छलफल गर्नुपर्ने भएकाले सञ्चालन गर्नुपरेको बताए ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७६ चैत्र १०, ०८: २९

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७६ चैत्र १०, ०८: २९

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७६ चैत्र १०, ०८: २९

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...