काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा सहमति नजुटेका विषय बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने विकल्पमाथि छलफल भएको थियो ।
यही विषयमा आज बस्ने सत्ता गठबन्धनको बैठकबाट निर्णय हुनसक्ने बुझिएको छ । साथै आगामी संसद अधिवेशनबाट सरकारले टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी समेत गरिरहेको छ ।
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...