अफगानिस्तानविरुद्धको टी–२० सिरिज भारतलाई – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

अफगानिस्तानविरुद्धको टी–२० सिरिज भारतलाई

काठमाडौँ । अफगानिस्तानविरुद्धको टी–२० सिरिज एक खेल अगावै भारतले जितेको छ । आइतबार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २–० को अग्रता लिएको हो ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य भारतका यशस्वी जैसवाल र शिवम दुबेको तुफानी पारिको मद्दतले १६औं ओभरमा पूरा गरेको थियो ।

अफगानिस्तानका ओपनरहरूले राम्रो सुरुवात दिने प्रयास गरे पनि २० रनको टिमको स्कोरमा रहमानउल्लाह गुरबाज रवि बिश्नोईको शिकार बने । गुरबाजले १४ रन बनाए । यसपछि कप्तान इब्राहिम जद्रानले पनि ८ रनको स्कोरमा आफ्नो विकेट गुमाए । अजमातुल्लाह ओमरजाई पनि खासै प्रभावशाली देखिएनन् र २ रन बनाएर शिवम दुबेको शिकार बने । एक छेउमा गुलबदिन नाइबले उत्कृष्ट अर्धशतक बनाए तर उनी पनि ५७ रनको उत्कृष्ट इनिङ्स खेलेर आउट भए । नाइबले आफ्नो पारीमा ५ चौका र ४ छक्का प्रहार गरे ।

भारतका लागि अर्शदीप सिंहले ३ तथा अक्षर पटेलले २ विकेट लिए । अफगानिस्तानले दिएको १७३ रनको जवाफमा भारतको सुरुवात खराब रह्यो । कप्तान रोहित शर्मा पहिलो बलमै क्लिन बोल्ड भए । तर यसपछि विराट कोहली र यशस्वी जैसवालले ५७ रनको साझेदारी गरे । विराट कोहलीले १६ बलमा ५ चौकाको मद्दतले २९ रन बनाए ।

जैसवालले तेस्रो विकेटका लागि शिवम दुबेसँग आँधीबेहरी साझेदारी गरे। उनीहरुले ४२ बलमा ९२ रन जोडे । यशस्वी जैसवालले ३४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६८ रन बनाएकी थिइन् । भने शिवम दुबेले ३२ बलमा ५ चौका र ४ छक्का सहित अविजित ६३ रन बनाए । अफगानिस्तानका करिम जनतले २ विकेट लिए । भारत र अफगानिस्तानबीचको अन्तिम खेल जनवरी १७ मा बैंगलोरमा हुनेछ ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८० माघ १, ११: १८

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० माघ १, ११: १८

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८० माघ १, ११: १८

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...