काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अब काठमाडौ उपत्यकामा सुरु गर्ने भएको छ । यसअघि ७७ जिल्लाका ७ सय ५० स्थानीय तहमा लागू भईसकेको यो कार्यक्रम अगामी २० गतेबाट उपत्यकाभित्रका सबै पालिकामा हुन लागेको हो ।
हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन गदै आएको छ । अहिले यो कार्यक्रम ७७ जिल्लाका ७ सय ५० स्थानिय तहमा लागु भईसकेको छ ।
कार्यक्रम संचालन गर्न बाँकी रहेको काठमाडौ तथा ललितपुरका शहरी क्षेत्रमा वडाहरूमा यही माघ २० गतेबाट कायर्त्रफम संचालन गर्न लागिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । यो कार्यक्रममा सहभागी हुन चाहनेले आफ्नो वडा कार्यालयमार्फत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सक्नेछन् ।
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...