नयाँ शक्ति निर्माण गर्दैछन् राजेन्द्र महतो ! – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नयाँ शक्ति निर्माण गर्दैछन् राजेन्द्र महतो !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो पार्टीमा खुसी छैनन् ।
अध्यक्ष महन्थ ठाकुरको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीमा निष्क्रिय बनेका महतोले गत मंसिर २४ गते बसेको केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेका थिए । अध्यक्ष ठाकुरले आफूखुसी पार्टी पुनर्गठन तथा विस्तार गरेको, पार्टीमार्फत प्राप्त हुने अवसरमा आफ्नै गोजीका मान्छेहरू राखेको, पार्टी पूरै एकलौटी ढङ्गले चलाएको भन्दै महतो पार्टीमा पूरै निष्क्रिय छन् ।

पार्टीको कामरकारबाहीमा सहभागी हुनको साटो उनी भारत गएका थिए । उनी भर्खरै फर्किएका छन् । भारतमा उनले विभिन्न नेताहरूसँग भेटघाट गरेका छन् । भारतबाट फर्किएपछि महतो उत्साहित रहेको उनीनिकट नेताहरू बताउँछन् ।

उनीनिकट एक नेता भन्छन्, “उहाँ (राजेन्द्र महतो) उत्साहित हुनुहुन्छ । उहाँ अझै लोसपमा रहने सम्भावना निकै न्यून छ । उहाँले नयाँ तवरले अगाडि बढ्न खोज्दै हुनुहुन्छ, त्यसका लागि छलफलरत हुनुहुन्छ ।”

त्यसो त महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामको आन्दोलनको तयारी गरिरहेका छन् । मोर्चा पछि पार्टीका रूपमा पनि अघि आउनसक्ने ती नेता बताउँछन् । “अहिले मोर्चाका रूपमा अगाडि आउनेछ एउटा अभियान । त्यसको सुरुवात माघभित्रै हुन्छ । पछि त्यही पार्टीका रूपमा अगाडि आउँदैन भन्न सकिँदैन,” उनले भने ।

त्यसो त प्रावधानतः तत्कालै पार्टी विभाजन गर्न मिल्दैन । दल विभाजनसम्बन्धी प्रावधान राखिएको राजनीतिक दलसम्बन्धी ऐन-२०७३ अहिले निष्क्रिय अवस्थामा छ । संसदीय प्रक्रियामार्फत नै ब्युँताउनेपर्ने भएकाले सरकारले सङ्घीय संसद्‌‌मा पठाउने निर्णय गरेको छ ।

अब त्यसपछि पुनःदल विभाजनका लागि केन्द्रीय र संसदीय दुवै समितिमा ४०ः४० प्रतिशत पुर्‍याउनुपर्छ । तर, महतोनिकट नेताहरू भने आफूहरू त्यही प्रावधानअनुरूप नै भएपनि पार्टी निर्माण गर्ने बताउँछन् ।
यद्यपि अध्यक्ष ठाकुरले पार्टी पुनर्गठन गर्दा आफूपक्षीय नेताहरू मात्रै राखेका छन् । तर, महतोनिकट नेताहरू पार्टी नै फुटाउन नमिले पनि गठन गर्न कसैले र केहीले नरोक्ने बताउँछन् । पार्टीभित्र आफूसँग रहेको शक्तिलाई जगेर्ना गरेर राख्नलाई मोर्चा बनाएको ती नेताहरू बताउँछन् ।

महतो स्वयम् पनि लोसपा पार्टीजस्तै नभएको टिप्पणी गर्छन् । अब यो पार्टी समाप्त हुने दिशातिर गएको उनको भनाइ छ ।

“पार्टी पार्टीजस्तो नभएपछि किन सक्रिय हुने ? अब मधेशदेखि पहाडसम्मका शोषण, उत्पीडन, अन्याय र अत्याचारमा परेका सबै वर्ग र समुदाय एकजुट हुनुपर्छ । राष्ट्रिय मुक्ति आन्दोलनबाट नै नयाँ राजनीतिक शक्तिको उदय हुन्छ,” उनले भने ।

यता संस्थापन पक्षले भने हल्ला गरिएजस्तो पार्टीभित्र समस्या नरहेको बताउँछ । तर, अध्यक्ष ठाकुरले गरेको पछिल्लो पार्टी पुनर्गठनबाट भने अधिकांश नेताहरू असन्तुष्ट छन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० माघ ४, १३: १६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ४, १३: १६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ ४, १३: १६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...