
काठमाडौँ । नेपाल विद्यार्थी संघले कास्कीको सूर्यदर्शन र चितवनको सुप्रिम सहकारी घोटालामा संलग्न हुनेलाई कारबाही गर्न माग गरेको छ । नेविसंघले बिहीबार सहकारी विभागमा ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जीबी राईलाई कारबाही गर्न माग गरेको हो ।
लामिछानेले ‘सुप्रिम सहकारीका बचतकर्ताको १ करोड, पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको’ समाचार सार्वजनिक भएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न नेविसंघको माग छ ।
नेविसंघले रास्वपाका सांसदसमेत रहेका लामिछानेको राजीनामासमेत मागेको छ । बुधबार अधिवक्ता युवराज सफलले सहकारी घोटालामा संंलग्न रहेको भन्दै लामिछाने र राईलाई कानुनअनुसार कारबाही गर्न उजुरी दर्ता गरेका छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...