
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिर्वतन गरेको छ ।
बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो ।
बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले बिमामा आवद्ध बिमितलाई लक्षित गरि सेवा प्रदायक संस्थाहरुको स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी मा ५० र इमर्जेन्सीमा एक सय रुपिया शुल्क तोकेको हो ।
बोर्डका शाखा अर्यालले ओपिडी र इमर्जेन्सी शुल्क तोकि बिमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिए । सोही अनुसार शुल्क लागू गर्न बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरु अनुरोध गरेको छ ।
यस अघि बोर्डले ओपिडी शुल्क दुई सय इमर्जेन्सीको शुल्क चार सय रुपियाँ तोकेको थियो ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...