किशोरीको विषयमा मेयर विरूद्ध गृह मन्त्रालयमा उजुरी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

किशोरीको विषयमा मेयर विरूद्ध गृह मन्त्रालयमा उजुरी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरूद्ध उजुरी परेको छ । एक किशोरीलाई नागरिकता दिलाएको आरोपमा मेयर सिंहविरूद्ध गृह मन्त्रालयमा लिखित उजुरी परेको हो ।

वीरगन्जका जनमत पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका ८ स्थानीय नेताहरूले काठमाडौं पुगेर गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

नगर प्रमुख सिंहमाथि ९ वर्षअघि काठमाडौंमा जन्मिएकी बाबु र आमाको नाम सम्झना नभएको एक जना भट्टराई थर भएको दम्पत्तिको छोरीलाई आफ्नो छोरी भनी निजको नाम रुबीना श्रेष्ठ राखी नागरिकता बनाईदिएको आरोप लागेको छ ।

मेयर सिंहले २०५९ असार ३० गते जन्ममिति राखी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को कार्यालयबाट २०७१ साल कार्तिक २० गते जन्मदर्ताको झुठो प्रमाणपत्र बनाउन लगाएको आरोप लागेको छ ।

पैसाको ठूलो चलखेल गरेर यसरी झुठो जन्मदर्ता बनाई सोही झुठो जन्मदर्ताको आधारमा जिल्ला प्रशासन कार्यालयमा अर्काकी छोरीलाई आफ्नो छोरी हो भनेर झुठो विवरण पेश गरेर २०७५ साउन १३ गते रुबीना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरको नागरिकता बनाउन सफल भएको देखिएको थियो ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ ५, १९: ४१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ ५, १९: ४१

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ ५, १९: ४१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...